बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामको जिम्मेवारीबारे बोल्यो उनको सचिवालय

आइतबार, २५ जेठ २०७७, २३ : ०३
आइतबार, २५ जेठ २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले पार्टी पार्टी एकतासम्बन्धी प्रक्रिया सबै सहमतिमा भएको प्रष्ट पारेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ता भएलगत्तै पाण्डेले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । पाण्डेले भट्टराईको जिम्मेवारीबारे प्रस्ट पार्दै  धेरै बैचारिक र संगठनात्मक कुराहरुमा छलफल गर्न बाँकी रहेको बताएका छन् । उनले भनेका छन्–  ’धेरै बैचारिक र संगठनात्मक कुराहरुमा छलफल गर्न बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएको २ पार्टीबाट १–१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो ।’   पाण्डेले बाहिर बाहिर चलेका हल्लाहरुबाट कसलाई भ्रमित नहुन आग्रह गर्दै बाँकी कुरा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने प्रस्ट पारेका छन् ।

समाजवादी र राजपाको एकताका लागि भट्टराईले एक वर्षअगाडिदेखि पहल गर्नुभएको स्पष्ट पार्दै पाण्डेले अहिलेको एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको दाबी गरेका छन् ।  आइतबार जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको छ भने वरिष्ठ नेतामा डा. भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको छ । 

यस्तो छ पाण्डेको प्रतिक्रिया–

बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।

कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो । हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ । समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहल हो । अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं । वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप