केन्द्रीय संस्करण

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

person explore access_timeअसार ८, २०७७ chat_bubble_outline0

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । 

गएराति सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।  वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए । तर गएराति अचानक उनी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । 

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.