अनुदानको मल स्थानीय तहलाई दिन निर्देशन
रौतहट – कृषि सामग्री कम्पनी शाख चन्द्रपुरलाई स्थानीय प्रशासनले मलखाद स्थानीयतहलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल सरकारबाट कृषि सामग्री कम्पनीमार्फत आउने मलखाद किसानको सट्टा ब्यापारीको हातमा पुगेको गुनासो आएपछि स्थानीय प्रशासनले उक्त निर्देशन दिएको हो ।
जिल्ला आपूर्ति समितिको निर्णय अनुसार हाल चन्द्रपुर शाखामा मौज्दात रहेको ८ सय बोरा पोटास र ४ हजार बोरा डिएपी मल दामासाही अनुसार जिल्लाको १८ वटै पालिकालाई उपलब्ध गराउन निर्देशन दिएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए ।
प्रत्येक पालिकाले सहजरूपमा प्राप्त गर्ने अनुदानको मलखाद वास्तविक किसानले पाउने सिडियो घिमिरेले बिश्वास व्यक्त गरेका छन् ।
यसअघि जिल्लाको १ सय २७ वटा सहकारीमार्फत कम्पनीले बितरण गरेको युरिया,डिएपी र पोटास किसानको सट्टा ब्यापारिले हात पार्ने गरेका थिए ।
कृषि सामग्री कम्पनी चन्द्रपुर शाखाका प्रमुख रबि केसरी र केही ब्यापारीको सेटिंगमा एकजनाले आठ दस वटा सहकारीको कागजात पेसगरी मलखाद लिने गरेका थिए ।
किसानको नाउमा आउने मलखाद दररेट भन्दाप्रति बोरामा चारसय देखि ५ सय रुपैयाँ किसानले बढी तिर्दै आएको फतुवा बिजयपुरका एकजना किसान अच्युत मैनालीले गुनासो गरेका छन् ।
कृषि सामग्री चन्द्रपुर र बिरगंज बाट रौतहटको कुन कुन सहकारीले यश आर्थिक बर्षमा कति मलखाद लियो र कुन किसानलाई सहुलियत दरमा दियो स्थानीय प्रशासनले लेखाजोखा लिएमा मलखादका माफिया पक्राउ हुने किसानले बिश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण