बैंकले ब्रोकर लाइसेन्स पाउने भएपछि शेयरबजारमा उछाल, १४९ कम्पनीको मूल्य बढ्यो
मङ्गलबार, २३ असार २०७७, १५ : ४७
काठमाडौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा उछाल देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब ३८ अंकले बढेर १३३६ अंकमा पुगेको हो । अघिल्लो दिन पनि करिब ३३ अंकले बढेको थियो । सो दिन कारोबार रकम समेत बढेर १ अर्ब २१ करोड रुपैंया पुगेको छ ।
मंगलबारको कारोबारमा सबै परिसूचक र उपसुचकसहित नेप्से परिसूचक २.९२ प्रतिशतले बढेको छ । उपसूचकमध्ये सबैभन्दा बढी होटल परिसूचक ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा ६.६२ प्रतिशतल बढ्दा अन्य परिसूचकको वृद्धिदर भने औसत नजिक नै देखिएको छ ।
सो दिन २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सो दिन १७८ शेयरको स्क्रिपको कारोबार हुँदा १९ वटाको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बराबर रहँदा बाँकी १४९ कम्पनीको शेयरमूल्य बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण