अस्ट्रेलियाका पूर्वमन्त्रीले उद्घाटन गरे नेपालीले खोलेको कलेज
अस्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राबिधिक कलेज नेशनल इन्ष्टिच्यूट अफ एजुकेसनुको अस्ट्रेलियाका पूर्व यातायात र पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन।
उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए। बैर्डले दस बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गते।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्यूनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ।
अधिकांश विद्यार्थीको काम र पढाइ बीच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए।
हालसालैका वर्षहरूमा अस्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहनीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण