सिन्धुपाल्चोकमा बाढीको वितण्डा : पक्की पुल नै बग्यो, बेपत्ताको अत्तोपत्तो छैन (तस्बिरमा हेर्नुस्)
बिहीबार, २५ असार २०७७, ११ : ५८
काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र बाढीले नगरपालिकाको २ वडामा सवैभन्दा बढी क्षति भएको छ ।
नगरपालिकाको वडानम्बर ५ मा मानवीय क्षति भएको छ भने अन्य स्थानमा घर बगेका छन् । ठाउँठाउँमा सडक अवरुद्ध बनेका छन् । अरनिको राजमार्गकै पक्की पुल र सडक भोटेकोसी र ठाडो खोलमा आएको बाढीले बगाएको छ ।
उक्त स्थानमा उद्धारका लागि स्थानीय र सुरक्षाकर्मी खटिएपनि मौसम र बाढीका कारण समस्या भएको छ । पछिल्लो विवरण अनुसार घटनामा १६ जना मानिस बेपत्ता भएका छन् भने २ जनाको शव भेटिएको छ । चार जना घाइतेको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण उद्धारमा कठीनाइ भएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण