कविता
एक विद्रोहीको आत्मकथन
शनिबार, २७ असार २०७७, १० : २८
-राममणि सिटौला
मैले हेर्न खोजेको थिएँ
तिम्रो ऐनामा
मेरो पनि छवि
मागेको थिएँ
यो धर्तिमा टेक्नलाई
एक पाउ जमिन
विशाल समुन्द्रमा
प्यास मेट्नलाई
एक घुट्को पानी
अथाह आकाश मुनि
शिर लुकाउन
सानो छत
कोर्न चाहेको थिए
हक र नागरिकताको रंगले
मेरो पनि सुन्दर चित्र
उतार्न खोजेको थिए
सप्तरंगी इन्द्रेणीले भरिएको
कोलाज
तिमीलाई सह्य भएन
यी सब
दौडिए तिम्रा अहमका घोडा
क्यानभासमा
छोडिदिए टापका निशान
खण्डित भए
मेरा बिम्ब
तिम्रा कुदृष्टिका मारले
म फगत विद्रोही होइन
म हुँ एक अपमान
एक घृणा
एक जीवन
जसलाई तिमिले गाड्यौ
घनघोर अन्धकारमा
जसलाई तिमीले घचेट्यौ
धेरै योजन पछाडि
कुल्चिनु कुल्चियौ
तिमीले मलाई
घाँस सम्झिएर
अब म कुल्चिन्छु
तिमीलाई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण