देशभरका मोबाइल व्यवसायी संगठित
काठमाडौं– मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘नेपाल मोबाइल व्यवसायी महासंघ’को तदर्थ समिति गठन भएको छ ।
देशका विभिन्न क्षेत्रमा कृयाशील मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्ष भरत भट्टराई, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन् । १७ सदस्यीय तदर्थ समितिमा नौं जना सदस्य मनोनित गरिने बताइएको छ ।
देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको संस्थाहरुलाई एकतावद्ध गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए ।
देशभर पाँच हजार भन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरुको एक सय भन्दा बढी संघ संस्थाहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण