नेपाल टेलिकमको सिमकार्ड अभाव
बागलुङमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् ।
टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए । “वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्”, उनले भने। चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।
टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताइन् । एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।
सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताए । “हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ”, उनले भने, “बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)
-
संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल हुँदैन : कांग्रेस
-
उद्योग वाणिज्य महासंघद्वारा कोशी प्रदेश सरकारलाई दियो बजेट सुझाव
-
नीति तथा कार्यक्रम : राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति निर्माणमा जोड
-
सरकारको नीति तथा कार्यक्रममा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड
-
मुम्बई होर्डिङ प्रकरणका आरोपी फरार, मर्नेको सङ्ख्या १४ पुग्यो