शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
सुर्खेत । कर्णाली प्रदेशमा सरकार परिवर्तनको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारमा सहभागी हुने विषयलाई लिएर आन्तरिक मतभेद देखिएको छ।
नेकपा नेता शक्ति बस्नेतले सामाजिक सञ्जालमार्फत प्रदेश सरकारमा सहभागी हुने निर्णयप्रति असन्तुष्टि जनाउँदै सरकार गठनका लागि गरिएको पहलमा हतारो भएको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश सरकारमा सहभागिताको लागि यति धेरै हतारो किन गर्नु परेको होला ?’
बस्नेतको यो अभिव्यक्ति कांग्रेससँगको सहकार्यमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला आएको हो। बिहीबार कर्णाली प्रदेशसभामा कांग्रेसले नेकपालाई साथमा लिएर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। साथै, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसमेत अघि सारिएको छ।
बस्नेतले सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि सरकार गठनको रणनीतिलाई लिएर नेकपाभित्र एकमत नरहेको देखिएको छ। अर्का नेता महेन्द्रबहादुर शाही भने कांग्रेससँगको सहकार्यमार्फत नयाँ सरकार गठनको पक्षमा सक्रिय छन्।
शाही शुक्रबार नै सुर्खेत पुगेर सरकार गठनका लागि आवश्यक राजनीतिक समन्वयमा जुटेका छन्। नेकपा कर्णालीभित्र अहिले शाही–बस्नेतबिच गुटको राजनीति हावी छ ।
यही पृष्ठभूमिमा सरकार गठनको विषयमा बस्नेतले सार्वजनिक रूपमा प्रश्न उठाउनु र शाहीले त्यसकै पक्षमा सक्रियता देखाउनु पार्टीभित्रको आन्तरिक मतभेद थप स्पष्ट भएको नेताहरूको बुझाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण