मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
सारांश
- गत आवमा लमजुङ जिल्ला अदालतले ८१.८६% मुद्दा फछ्योट गरी उत्कृष्ट स्थानमा रह्यो।
- कास्की जिल्ला अदालतले ५०.६२% मुद्दा फछ्योट गरी सबैभन्दा कम स्थानमा रह्यो।
- पोखरा उच्च अदालतले ७५.८८% मुद्दा फछ्योट गरेको छ।
गण्डकी । पोखरा उच्च अदालत मातहतमध्ये लमजुङ जिल्ला अदालतले गत आवमा सबैभन्दा बढी ८१ दशमलव ८६ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । कास्की जिल्ला अदालतबाट सबैभन्दा कम ५० दशमलव ६२ प्रतिशत मुद्दा फर्छ्योट भएको जनाइएको छ ।
पोखरा उच्च अदालतका अनुसार गोरखा जिल्ला अदालतले ८० दशमलव शून्य नौ प्रतिशत, मनाङले ८० प्रतिशत, तनहुँले ७३ दशमलव १३ प्रतिशत, नवलपुरले ६५ दशमलव ८५ प्रतिशत र स्याङ्जा जिल्ला अदालतले ६५ दशमलव ६२ प्रतिशत मुद्दा फर्छ्योट गरेका छन् ।
लमजुङ अदालतमा रहेका एक हजार नौमध्ये आठ सय २६ मुद्दा फर्छ्योट गरिएको हो । त्यस्तै कास्की अदालतमा रहेका छ हजार २२८ मध्ये तीन १५३, तनहुँमा रहेका दुई हजार ४५६ मध्ये एक हजार ७९६, नवलपुरमा रहेका दुई हजार ५९ मध्ये एक हजार ३५६, स्याङ्जामा रहेका एक हजार २२० मध्ये ८४०, गोरखा अदालतमा रहेका एक हजार ९० मुद्दामध्ये ८२६ र मनाङ अदालतमा रहेका १५ मध्ये १२ मुद्दा फर्छ्योट गरिएको हो ।
पोखरा उच्च अदालतबाट गत आवमा ७५ दशमलव ८८ प्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका रजिष्ट्रार रामु शर्माले जानकारी दिए । उनका अनुसार उच्च अदालतले आव २०८१र८२ मा लक्ष्यको ७८ दशमलव शून्य सात प्रतिशत मुद्दा फर्छ्योट गरेकामा गत आवमा भने फर्छ्योट दर केही घटेको हो ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सात सय ५० र नयाँ दर्ता भएका एक हजार ३१९ गरी अदालतमा जम्मा दुई हजार ६९ मुद्दा थिए । तीमध्ये एक हजार ५७० फर्छ्योट भएका र ४९९ मुद्दा बाँकी रहेको रजिष्ट्रार शर्माले बताए । अठार महिनादेखि माथिका कुनै पनि मुद्दा बाँकी नरहेका उनको भनाइ छ ।
एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका १७७ र छ महिनाभित्रका ११४ मुद्दा बाँकी रहेका रजिष्ट्रार शर्माले उल्लेख गर्नुभयो । गत भदौमा ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण नष्ट भएका २५७ मिसिलमध्ये २५० मिसिल पुनः प्राप्त गरी प्रमाणीकरण गरिएको उनले जानकारी दिए ।
सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत अदालतले मुद्दाको फर्छ्योटमा तीव्रता दिँदै आएको उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले बताए ।
शुक्रबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले ‘जेनजी’ आन्दोलनका क्रममा अदालतमा भएको भौतिक क्षतिका बावजुत पनि न्याय सम्पादनको कामलाई निरन्तरता दिइएको बताए । सीमित स्रोतसाधनका बाबजुत न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि अदालत सक्रिय रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण