मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
शुक्रबार, ०१ साउन २०८३, १६ : ०३
मोरङ । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मगरलाई तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटना लगत्तै प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझी हुन् ।
प्रहरीले माझी र टिपर दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण