नयाँ आर्थिक वर्षमा २० सचिव अवकाशमा जाँदै (सूचीसहित)
सारांश
- नयाँ आर्थिक वर्षमा निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव) पदबाट २० जनाले अनिवार्य अवकाश पाउँदैछन् ।
- सचिवहरू २ तरिकाबाट अनिवार्य अवकाशमा जान्छन्: सचिव पदको ५ वर्षे कार्यकाल पूरा गरेर वा ५८ वर्षे उमेरहदका कारण ।
- अवकाश पाउने २० सचिवहरूमा प्रशासन, इञ्जिनियरिङ, न्याय सेवा र सरकारी वकिल समूहका छन् ।
काठमाडौँ । नयाँ आर्थिक वर्षमा निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव) पदबाट २० जनाले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक श्रवणकुमार पोखरेलले यो आर्थिक वर्ष २० सचिव अनिवार्य अवकाशमा जाने जानकारी दिए ।
सचिवहरू २ तरिकाबाट अनिवार्य अवकाशमा जान्छन् । एउटा सचिव पदको ५ वर्षे कार्यकाल पूरा गरेर, अर्को ५८ वर्षे उमेरहदका कारण । अहिले सरकारसँग ७१ सचिवको दरबन्दी छ, जसमा ५८ सचिव छन् । सचिवको १३ दरबन्दी खाली रहे पनि सरकारले नयाँ नियुक्तिको प्रक्रिया सुरु गरेको छैन । त्यसमाथि यो आर्थिक वर्ष थप सचिव एकपछि अर्को गर्दै २० जना अनिवार्य अवकाशमा जाँदैछन् ।
अनिवार्य अवकाशमा जाने सचिवहरूमा प्रशासन, इञ्जिनियरिङ, न्याय सेवा र सरकारी वकिल समूहका छन् । किताबखानाको सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ३ सचिव अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव किरणराज शर्मा यही साउन ४ गते, कार्यालयको अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली साउन १९ गते र कार्यालयको अतिरिक्त समूहमा रहेका अर्का सचिव लोकनाथ पौडेल साउन ७ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
त्यस्तै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव पनि यही आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाँदैछन् ।
गृहसचिव राजकुमार श्रेष्ठ आगामी भदौ १६ गते, रक्षासचिव केदारनाथ शर्मा २०८४ साल असार १ गते, पूर्वाधार विकाससचिव गोपालप्रसाद सिग्देल असोज १४ गते, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ५ गते, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुस २१ गते र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दिनानाथ मिश्र चैत ३ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
यस्तो छ अनिवार्य अवकाशमा जाने सचिवहरूको सूची
१ किरणराज शर्मा– साउन ४ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२ हरिप्रसाद मैनाली– साउन १९ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूह)
३ डिल्लीराम शर्मा– भदौ ३ गते (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)
४ राजकुमार श्रेष्ठ– भदौ १६ गते (गृह मन्त्रालय)
५ गोपालप्रसाद सिग्देल– असोज १४ गते (पूर्वाधार विकास मन्त्रालय)
६ रविलाल पन्थ– असोज १९ गते (राष्ट्रिय योजना आयोग)
७ कृष्णबहादुर राउत– पुस २१ गते (महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय)
८ रामेश्वर दंगाल– माघ १७ गते (लोकसेवा आयोग)
९ मुकुन्दप्रसाद निरौला– फागुन ५ गते (संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
१० सुरजकुमार वैद्य– असोज १६ गते (जल तथा ऊर्जा आयोग)
११ सञ्जिवराज रेग्मी– असोज १८ गते (नायव महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
१२ लोकराज पराजुली– ०८४ जेठ ११ गते (नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
१३ केदारनाथ शर्मा– ०८४ असार १ गते (रक्षा मन्त्रालय)
१४ वैकुण्ठबहादुर अधिकारी– असोज १८ गते (उपमहालेखा परीक्षक, महालेखा परीक्षकको कार्यालय)
१५ लोकनाथ पौडेल– साउन ७ गते (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूह)
१६ बाबुराम अधिकारी– भदौ ४ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश)
१७ दिनानाथ मिश्र– चैत ३ गते (विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय)
१८ कृष्णप्रसाद काप्री– ०८४ वैशाख ६ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश)
१९ राजेन्द्रकुमार पौडेल– ०८४ असार १५ गते (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश)
२० इन्दिरा दाहाल भट्टराई– ०८४ असार २४ गते (नेपाल कानुन आयोग)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण