शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले किन बन्द गर्‍यो चिनियाँ जहाजबाट व्यावसायिक उडान ? (८ कारणसहित)

आइतबार, ०४ साउन २०७७, १४ : ०३
आइतबार, ०४ साउन २०७७

काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । हाल निगमसँग ६ वटा चिनियाँ जहाज रहेकोमा कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि आगामी साउन १५ देखि व्यवसायिक उडान नै नगर्ने निर्णय लिएको हो । 
चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ । 
यस्तै जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ । 

एयरलाइन्सलाई चिनियाँ ६ वटा जहाजबाट मात्रै आर्थिक वर्ष २०७१–७२ देखि आर्थिक वर्ष २०७५–७६ सम्म ५ आर्थिक वर्षमा १ अर्ब ९० करोड नोक्सान भएको जनाइएको छ । अब पनि सञ्चालन गर्दै जाँदा प्रतिवर्ष यी जहाजबाट वार्षिक ३८ करोड नोक्सान हुने एयरलाइन्सको भनाइ छ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप