सापटी रकम फिर्ता विवादले लियो ज्यान
सिरहा – सापटी रकमको विषयमा विवादमा सिराहाको लहान नगरपालिका–१ मटियर्वाका एक युवकको हत्या भएको छ ।
सापटी रकम फिर्ता नदिएको विषयमा घरमै पुगेर धम्की दिई मिर्चैया नगरपालिका –१ रामपुर विर्ता गाउँका दुई जनाले १९ वर्षीय रोशनकुमार रामलाई फकाएर मिर्चैया पुर्याई हत्या गरेको मृतकका बाबु सिफैतलाल मोचीले बताए ।
रामपुर विर्ता गाउँका २२ वर्षीय मुकेश भनिने मुकुन्दकुमार कटुवाल र २५ वर्षीय जयकुमार यादवले मोचीको हत्या गरेको भन्दै मृतकका बाबुले इलाका प्रहरी कार्यालय मिर्चैयामा कर्तव्य ज्यान अन्तर्गत किटानी जाहेरी दिएका छन् ।
मृतक रामले सापटी रकम लिएका यादवसहित दुई जना गत २६ असारका दिन मटियर्वास्थित मोचीको घर पुगेर आमा सुनैरदेवी मोचीलाई रकम फिर्ता नदिए जे पनि हुन सक्ने भन्दै धम्क्याएको छिमेकीहरु बताउँछन् । ‘त्यही राति छोरालाई फोनबाट पनि धम्क्याएका रहेछन्’ मृतककी आमा सुनैरदेवी मोचीले भनिन् ‘साथीहरु जिस्किएका होलान् भन्ने लाग्यो, पछि फकाएर मिर्चैया पुर्याई त्यतै हत्या नै गरेछन् ।’
घुम्न जाउँ भन्दै फकाएर लगिएका रोशनलाई २६ असारको साँझ ८ बजेतिर मिर्चैया २ मा ससुराली घर पुर्याएको उनले बताईन् । ‘सम्धिले साँझ आएका ज्वाइँ र मुकेशलाई बस्न आग्रह गरे पनि १० मिनेटमै फर्किन्छौं भन्दै हिंडेछन्’ उनले भनिन् ‘ससुरालीमा नफर्किएपछि खोजतलाश गर्दा ३० असारमा मिर्चैया ९ बतहा खोला पुल नजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा शव भेटिएको रहेछ ।’
इलाका प्रहरी कार्यालय मिर्चैयाले सडेर दुर्गन्धित भइसकेको शव त्यही दिन पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको जनाएको छ । अस्पतालमा १ साउनमा पोष्टमार्टम गरी बेवारिसे दरिएका मोचीको शव भोलिपल्ट २ साउनमा मात्र परिवारजनले पहिचान गरेको बाबु सिफैत बताउँछन् ।
सामान्य मजदुरी गरेर जीविका चलाइरहेका सिफैतका चार छोरी र दुई छोरामध्ये कान्छो हुन्, रोशन । तीन वर्षअघि विवाह गरेका उनकी पत्नी ज्योति १९ वर्षकै उमेरमा विधवा बनेकी छन् । ‘छोरा त गुमायौं तर घर व्यवहार समेत राम्ररी नबुझेकी बुहारीलाई सम्हाल्न गाह्रो परिरहेको छ’ उनले भने । तीन वर्ष अघि विवाह भएपनि उनको कुनै सन्तान छैनन् । त्सपछि गाउँका साथीहरुको लहैलहैमा लागेर सिराहाको सीमावर्ती गाउँ लक्ष्मीपुर पताी पुगेका रोशन लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यही मुद्दामा गत १० असारमा १० हजार रुपैयाँ धरौटीमा छुटेका रहेछन्’ मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले भने । उनका अनुसार प्रहरीले आइतबार हत्याको आरोपी दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण