शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

सोमबार, ०५ साउन २०७७, २१ : १४
सोमबार, ०५ साउन २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका छन् । शर्मालाई साउन २ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । 

शर्मालाई बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा प्रमुख कार्यकारी अधिकृतको रुपमा स्वागत गरिएको थियो । उक्त कार्यव्रmममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप