रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
काठमाडाैँ । संसदमा बिहीबार भएको अवरोध र मुठभेडपछि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू थप रणनीति बनाउन जुटेका छन् । रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरु बानेश्वरमा छलफल गरिरहेका छन् भने सत्तापक्षका शीर्ष नेता सिंहदरबारमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सिंहदरबारमा छलफलमा जुटेका हुन् । बानेश्वरमा कांग्रेससँगको छलफलमा राप्रपा, लोसपा, जसपा नेपाललगायका नेताहरू छलफल गरिरहेका छन् ।
दुवैतर्फका छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संसद्को हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।
दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुट्दा ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुखको सचिवालयले भने प्रतिपक्षले समय मागेकाले बैठक बस्न ढिला भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण