२० वर्षका भाइ, २२ की दिदीः अमेरिकामा ११ दिनभित्र कोरोनाले ज्यान लियो
अमेरिकामा २० वर्षका भाइ र २२ वर्षकी दिदीको ११ दिनभित्र कोरोनाभाइरसका कारण मृत्यु भएको छ । आमा मोनेट हिक्सका अनुसार छोरा बेरोनलाई पहिलो पटक जून २७ मा सास फेर्न समस्या भएको थियो ।
अमेरिकाको फ्लोरिडामा बस्ने मोनेटका अनुसार बेरोनलाई अस्पतालमा भर्ना गरिएको थियो र उनको अस्पतालमा नै मृत्यु भएको हो । सात दिनपछि २२ वर्षकी छोरी मिचेला पनि कोरोनाद्वारा संक्रमित भएकी थिइन् ।
आमाका अनुसार अस्पतालमा भर्ना भएपछि मिचेलाको स्वास्थ्य बिग्रँदै गयो । मृत्युभन्दा अघि उनको एउटा मृगौला खराब भएको थियो । उनलाई अक्सिजन सपोर्टमा राखिएको थियो । ८ जुलाईमा मिचेलाको मृत्यु भयो ।
आमाका अनुसार बेरोनलाई पहिले मोटोपना र दमको समस्या थियो । यस्तै, छोरी मिचेला मोटोपना, दम र क्रोनिक अब्सट्रक्टिव पल्मनेरी डिजिज थियो ।
अमेरिकाको फ्लोरिडा त्यो राज्यमा समावेश छ जहाँ कोरोनाका संक्रमित तीबै रुपमा बढिरहेको छ । यहाँ कूल संक्रमितमध्ये १५ देखि ३४ वर्षको उमेरका मानिसहरुको संख्या करिब ३१ प्रतिशत रहेको छ । यहाँ अहिलेसम्म ३.७ लाख व्यक्ति पोजेटिभ भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण