केन्द्रीय संस्करण

प्रभाससँगको नयाँ फिल्मका लागि दीपिकालाई २० करोड पारिश्रमिक

person explore access_timeसाउन ७, २०७७ chat_bubble_outline0

प्रभासको अर्को फिल्ममा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण भारतीय सिनेमाको इतिहासकी सर्वाधिक कमाई गर्ने नायिका बनेकी छिन् । प्रभासको यो फिल्मको घोषणा तीन दिनअघि भएको थियो । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पारिश्रमिक ५० करोड हो । दीपिकालाई ५० करोड त होइन तर २० करोड पारिश्रमिक सहित फिल्ममा अनुबन्ध गरिएको थियो ।

दीपिकाको स्टारडमका लागि फेरियो कहानीः

फिल्ममा नायिकाको भूमिका प्रभासको भूमिकाभन्दा कम महत्वको थियो । तर दीपिका बोर्डमा आएपछि अब यसमा नायिकाको स्टारडम र पारिश्रमिकको अनुसार परिवर्तन गरिँदै छ । फिल्मको प्रोडक्सन पूजा दत्ताको वैजयन्ती प्रोडक्सन गरिरहेको छ । वैजयन्ती प्रोडक्सन हाउस साउथ सिनेमामा आफ्नो ५० वर्ष पूरा गरिरहेको छ । निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान गरिएको छ ।

श्रद्धा कपुरपछि दीपिका दोस्री नायिकाः

दीपिका प्रभाससँग काम गर्ने दोस्री बलिउड नायिका हुन् । यसअघि श्रद्धा कपुर साहोमा प्रभासको अपोजिट थिइन्  । प्रभासको २० औं फिल्ममा भाग्यश्री पनि उनीसँग देखिने भएकी छिन् । फिल्मको घोषणा भएलगत्तै दीपिका र प्रभासले एक–अर्कालाई सोसल मिडियामा फलो गर्न पनि सुरु गरेका छन् । दीपिका रणवीर सिंहसँग फिल्म ‘८३’ मा पनि देखिनेछिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.