हिन्दू जागरण नेपालको दवावपछि विवादित गीत युट्युवबाट हटाइयो
हिन्दु जागरण नेपालको दवावमा सोफिया थापाको ‘नो ब्रत, नो प्लिज’ बोलको विवादित गीत युट्युबमार्फत हटाइएको छ । हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई एक पत्र लेख्दै गीतले धार्मिक आस्थामाथि प्रहार गरेकाले हटाइदिन अनुरोध गरेको थियो ।
सो पत्र र संस्थाका अधिकारीको निरन्तरको दवाव र अनेकन विवाद सिर्जना भएपछि गीत हटाइएको बताइएको छ । यसअघि हिन्दूवादी संस्थाले तुरुन्त गीत हटाउन गायिका थापालाई चेतावनीसहितको धम्की समेत थियो ।
हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगायतको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत बनाइएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन दवाव दिँदै आएको थियो ।
गीतमा शब्द, संगीत र स्वर समेत उनकै रहेको थियो भने भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण