कुकुरले सुँघेरै पत्ता लगाउन सक्छन् कोरोनाभाइरस
शुक्रबार, ०९ साउन २०७७, ०७ : ३०
कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् ।
जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक हप्ताको तालिमपछि आठ कुकुरले ९४ प्रतिशत मामिलामा संक्रमित र बिना संक्रमित स्याम्पलका फरक छुट्याउन सफल भएको पत्ता लागेको छ ।
अनुसन्धानकर्ताका अनुसार यो खोजको प्रयोग एयरपोर्ट र खेल मैदानजस्तो सार्वजनिक स्थानमा कोरोनाभाइरसको संक्रमणको पहिचान गर्न सकिने छ ।
बेलायतसमेत अन्य देशमा पनि स्नाइफर कुकुरको मद्दतले कोरोनाभाइरसको पहिचान गर्न सकिन्छ कि भनेर अनुसन्धान चलिरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण