एकपटक मात्र बिना मास्क घरबाट निस्किएकी थिइन्, नायिकालाई कोरोनाले गाँज्यो
सानो एउटा गल्तीले पनि कोरोनाको संक्रमणले गाँज्न सक्छ । यसको एउटा उदाहरण हालै सार्वजनिक भएको छ । हलिउड नायिका एना क्याम्पका लागि एकपटक मात्रै बिना मास्क घरबाट निस्कनु भारी परेको छ । उनी कोरोनाद्वारा संक्रमित भएकी छिन् । उनले सोसल मिडियामा यसबारे आफ्नो अनुभव साझा गरेकी छिन् र मानिसहरुलाई मास्क लगाउन अपिलसमेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘मलाई कोरोना भएको छ भन्ने जानकारी दिनु मेरो जिम्मेवारीजस्तो लाग्यो । अहिले मेरो मेरो कोभिडपरीक्षण नेगेटिभ आएको छ तर म लगभग तीन हप्तासम्म असाध्यै बिरामी भएँ, मेरो स्वास्थ्यमा अहिले पनि समस्या देखिएको छ । म बिरामीजस्तो महसुस गरिरहेकी छु र अहिले पनि शरीर सुस्त नै रहन्छ । म असाध्यै सुरक्षित थिएँ । मैले मास्क लगाएकी थिएँ । ह्यान्ड स्यानिटाइजर प्रयोग गरेकी थिएँ । एकपटक जब संसार पुरानै गतीमा चल्न सुरु भयो तब मैले सार्वजनिक स्थानमा मास्क बिना नै जाने निर्णय गरेँ...’
उनले थपिन्, ‘एक पटक र मलाई कोरोना भयो । मलाई लाग्छ कि सायद त्यही एक पटकले मलाई यस्तो भयो । मानिसहरुले यो फ्लू जस्तो हुन्छ भन्ने गर्थे तर मलाई फ्लूजस्तो केही पनि भएन । भाइरसको सम्पर्कमा आएपछि जुन तनाव र डर पैदा हुन्छ, त्यसको कुनै उपचार छैन । तनाव अत्यधिक बढ्छ, यो नौलो कुरा होइन र यो यति नयाँ छ कि कसैलाई पनि थाहा छैन कि यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई दीर्घकालीन रुपमा अपुरणीय क्षती कतिसम्म गर्छ । ’
एना थप्छिन्, ‘मेरो सुँघ्ने र स्वाद थाहा पाउने शक्ति पूर्ण रुपमा नष्ट भइरहेको छ र मलाई यो फिर्ता होला नहोला भनेर थाहा पनि छैन । म पहिला जति सुँघ्न सक्थेँ त्यसको ३० प्रतिशत मात्रै बास्ना थाहा पाउन सकिरहेको छु । एक महिनापछि ममा देखिएका अन्य लक्षणमा रिँगटा लाग्नु, अत्यधिक थकाई लाग्नु, पिनास देखिनु, पेट दुख्नु, बान्ता र ज्वरो हो । म भाग्यमानी छु । किनभने म मरिनँ, तर अरुको मृत्यु भइरहेको छ । कृपया, मास्क लगाउनुहोस् । यो जुनसुकै बेला पनि हुनसक्छ । र यो जसलाई पनि हुनसक्छ । घरबाट एकपटक मात्रै बाहिर निस्कनु भइरहेको छ भने पनि सुरक्षित रहनुहोस् । मास्क लगाउनु भनेको जीवन बचाउनु हो । कृपया सबै सुरक्षित हुनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण