मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक
कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः
– बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो ।
– स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या बढिरहेको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको बताइएको छ ।
– भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै छ । पछिल्लो दुई दिनमा भारतमा करिब एक लाख नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कूल संख्या १३ लाख ३६ हजार पुगिसकेको छ जबकि हालसम्म ३१ हजार बढीको मृत्यु भइसकेको छ ।
– ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । दुई हप्ता अघि बोलसोनारो कोरोनाद्वारा संक्रमित पाइएका थिए ।
–विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अफ्रिकी देशमा हालसम्म १० हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । संगठनका अनुसार स्थिती निकै खराब छ ।
– बेलायतका विज्ञका अनुसार मोटोपना र अत्यधिक तौल भएका व्यक्तिका लागि कोरोना भाइरस अत्यधिक खतरनाक छ । यस्ता मानिसहरु कोरोनाद्वारा संक्रमित भए गम्भी रुपमा बिरामी हुने र मृत्युको आशंका अत्यधिक पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण