कोरोनाका कारण दुई महिना अस्पताल बसे, काट्नुपर्यो औंलाहरु
कोरोनाभाइरसद्वारा संक्रमित भएपछि दुई महिनासम्म अस्पतालमा भर्ना भएका एक व्यक्तिले यो भाइरसलाई गम्भीरताका साथ लिनुपर्ने सुझाव दिएका छन् । अमेरिकाको लस एन्जिल्समा बस्ने यी व्यक्तिले उपचारको क्रममा गम्भीर समस्याको सामना गर्नुपर्यो जसका कारण उनको हातका धेरैजसो औंला काट्नुपरेको छ ।
५४ वर्षका ग्रेग गारफिल्ड कोरोना महामारीको सुरुवाती दिनमा नै संक्रमित भएका थिए । इटलीको एक भ्रमणमा जाँदा ग्रेग र उनका केही साथी कोरोना पोजेटिभ पाइएका थिए । अमेरिका फर्किएपछि उनी बिरामी भएका थिए ।
अमेरिकाको एक अस्पतालमा कोरोनाको पहिलो बिरामीको रुपमा ग्रेगलाई अस्पताल भर्ना गरिएको थियो । ४८ घण्टापछि उनको स्थिती बिग्रियो र उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । डाक्टरले उनी बाँच्ने आशा १ प्रतिशत मात्रै भएको बताएका थिए ।
ग्रेगको शरीरमा थुप्रै समस्या देखिन थाल्यो । फोक्साको गम्भीर समस्याका साथै सेप्सिस र मृगौला, फोक्सोजन्य समस्यासँग जुध्नु पर्यो । उनी करिब ६४ दिन अस्पतालमा बसे जसमा ३१ दिनसम्म उनलाई भेन्टिलेटरमा मात्रै राखियो । ८ मे मा उनलाई अस्पतालबाट छुट्टी दिइयो ।
यद्यपि, ग्रेगले कोरोनाका कारण अब जिन्दगीभरी केही समस्यासँग जुध्नुपर्नेछ । उनका दुबै हातका केही औंला काट्न परेको छ । उनको दाहिने हातको सबै औंला काटिएका छन्् भने देब्रे हातका पनि धेरै औंला काटिएका छन् ।
लस एन्जिलिसस्थित सेडार्स सिनाई मेडिकल सेन्टरका डाक्टर डेभिड कुल्बरका अनुसार रक्त प्रवाहमा समस्याका कारण उनको औंला काट्नुपरेको हो ।
ग्रेगले भने, ‘म यसबाट बाँच्न सफल भए । मेरो स्थिती राम्रो छ । यद्यपि, तपाईंले यसलाई बेवास्ता गर्नुहुँदैन । मेरो हातको ब्यान्डेज निकालिएपछि म पहिलाको जस्तो कहिले पनि हुनेछैन । मेरो औंला छैनन् । यो तपाईंलाई पनि हुनसक्छ ।’
Source: wfla.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण