शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शत्रुघ्न सिन्हाको खुलासाः गोबिन्दालाई फिल्म इन्डष्ट्रिमा किनारा लगाइयो

सोमबार, १२ साउन २०७७, ०९ : ०७
सोमबार, १२ साउन २०७७

फिल्म अभिनेता शत्रुघ्न सिन्हाले बलिउडको समूहवादले गोबिन्दालाई किनारा लगाएको र उनको एक फिल्म पनि खोसेको खुलासा गरेका छन् । शत्रुघ्न सिन्हाले रिपब्लिक टिभीसँगको कुराकानीमा बलिउडमा व्याप्त समूहवाद र भाइ–भतिजावादबारे कुराकानी गरेका छन् । शत्रुघ्नले इन्डष्ट्रिमा यो मुद्दामा कंगना रनोटको असाध्यै तारिफ गरे, उनले अभिनेता गोबिन्दा पनि यो उद्योगमा यसै चतुर्याइँको शिकार भएको उल्लेख गरे  ।

आफ्नो कुराकानीमा उनले गोबिन्दालाई इन्डष्ट्रिबाट हटाइएको बारे कुराकानी गरे । शत्रुघ्न सिन्हाले अभिनेता गोबिन्दाको तारिफ गर्दै उनले आफ्नो प्रतिभाले फिल्म इन्डष्ट्रिमा राज गरेको र आफ्नै बलबुँतामा सिकेको पनि बताए ।

शत्रुघ्नले गोबिन्दालाई एक स्व–निर्माता स्टारको संज्ञा दिए जसले एक विद्यार्थी हुनुका साथै शिक्षक भएको आफ्नो जीवनको दोहोरो भूमिका निभाएको बताए । उनले भने, ‘गोबिन्दाले आफूलाई एक कलाकारको रुपमा विकसित गरेका छन् । उनले इन्डष्ट्रिमा टिकिराख्नका लागि आफूले आफैंलाई सिकाएका छन् । उनले सिक्ने क्रम जारी राखे । विशेषगरी आफ्नो नृत्य र टाइमिङ बारे । उनी आफैंमा एक संस्थान बने । हरेक प्रकारका अभिनेता उनीबाट प्रेरित थिए जसले उनको नक्कल गर्दथे र उनको अनुसरण गरिरहेका थिए ।’

शत्रुघ्न सिन्हाले थपे, ‘तर जब गोबिन्दा आफ्नो जीवनमा कठिन परिस्थितीसँग जुध्न थाले तब मानिसहरुले उनलाई दबाउन सुरु गरे । उनको फिल्म खोसियो । उनी त्यसबाट टाढ हुन थाले... मैले सुनो र गोबिन्दा आफैंले पनि सुने कि एउटा छायांकन भइरहेको फिल्मलाई केही मानिसहरुले कब्जा गरे.... फिल्मको एउटा पाटो पहिलै नै सुट गरिसकिएको थियो । यस्ता कुरा पहिला पनि हुन्थे तर अहिले धेरै नै हुन थालेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप