कोरोनाको अक्सफोर्ड भ्याक्सिनको दोस्रो र तेस्रो ह्यूमन ट्रायललाई भारतमा मञ्जुरी
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले कोभिड–१९ का लागि अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ह्यूमन क्लिनिकल ट्रायललाई मञ्जुरी दिएको छ । ट्रायलको मञ्जुरी सिरम इन्स्टिच्यूट अफ इन्डियालाई दिइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार एक अधिकारीले गहन मूल्यांकनपछि डिसिजीआईले सब्जेक्ट एक्सपर्ट कमिटीको सिफारिशको आधारमा कोरोना भ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न मञ्जुरी दिएको छ ।
अधिकारीका अनुसार अक्सफोर्ड युनिभर्सिटीको ट्रायलको आँकडा हेर्दा समितिले यसलाई मञ्जुरी दिन सिफारिस गर्यो । उनीहरुले अध्ययन अनुसार प्रत्येक बिरामीलाई चार हप्ताभित्र दुई खुराक (पहिलो खुराक १ दिनमा र अर्को खुराक २९ दिनमा) दिइनेछ र त्यसपछि सुरक्षा र प्रतिरोधी क्षमताको मूल्यांकन गरिने बताएका छन् ।
सिरम इन्स्टिच्यूट अफ इन्डियाले देशमा अक्सफोर्डको कोरोना भ्याक्सिन बनाउनका लागि एस्ट्राजेनेकासँग पार्टनरशीप छ जसलाई कोविशिल्ड नाम दिइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण