क्यालिफोर्नियाको जंगलमा तिव्र गतिमा फैलिँदै डढेलो, सुरक्षित रहन सर्वसाधारणलाई आह्वान
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका कारण सो क्षेत्रमा थुप्रै इलाकाहरुमा तापमान बढेको छ ।
क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागलाई सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ । डढेलो फैलिएसँगै ८ हजारभन्दा बढी व्यक्तिले घर छोडिसकेका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ । डढेलो नियन्त्रणको टोली आगो नियन्त्रणका लागि जुटिरहेको छ । त्यसका लागि १३ सयभन्दा बढी फायर फाइटर्सहरु जुटिरहेका छन् ।
सन् २०१९ मा पनि क्यालिफोर्नियाको जंगल क्षेत्रमा ८५ वर्षयताकै सबैभन्दा ठूलो डढेलो लागेको थियो । त्यसबेला ३१ जनाको ज्यान समेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न