तीन मुक्तक
बिहीबार, २२ साउन २०७७, १० : ३९
-गोपाल खनाल
१.
एक दिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ
शान्ति, न्याय तर्सी भाग्छ सधैँ गाईजात्रा छ ।।
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औँला दिँदा हातै माग्छ सधैँ गाईजात्रा छ ।।
२.
लकडाउनले कैयौँलाई माग्ने बनायो
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।।
आत्महत्या समस्याको समाधान त हैन
तनावले जीवनबाटै भाग्ने बनायो ।।
३.
कोरोना यो खै कहिले पार लाग्ने होला ?
निदाएको सरकार अब कहिले जाग्ने होला ।।
हिंसा अनि प्रकृतिको दोहन गरी रमाउँदै
बुझपचाई अझै मान्छे कता भाग्ने होला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण