एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट १२ महिनासम्मको सरल किस्तामा सामान खरीद गर्न सक्ने
बिहीबार, २२ साउन २०७७, १७ : ०१
काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटल बीच सून्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारी पत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका छन् ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभप्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)