एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनाग्रस्त
शुक्रबार, २३ साउन २०७७, २२ : ५४
एजेन्सी । एयर इन्डिया एक्सप्रेसको एक विमान भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा दुर्घटना भएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए भने १० बच्चा र चालक दलका ७ सदस्य समेत थिए । इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।
त्यस्तै भारतीय उड्डयन मन्त्रालयले शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ । तर विमान आगलागी भने लागेको छैन । मन्त्रालयका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरुलाई अस्पताल लैजाने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको बाँकी विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु
-
ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना
-
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
-
अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छः मन्त्री श्रेष्ठ
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित