ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना
ताइपेई । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ । दुई पक्षबीचको भनाभन झडपमा बद्लिएको थियो । सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेका थिए । केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए ।
झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको थियो । घाइते हुनेमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र कुओमिन्ताङ (केएमटी) दुवैका प्रमुख व्यक्तिहरू थिए । डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो ।
ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसदमा यस्तो घटना भएको हो । चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ । ताइवान संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिकार हुने एउटा विधेयक पेस गरिएको थियो ।
यस बाहेक संसदमा गलत बयान दिने सरकारी अधिकारीहरूमाथि फौजदारी अभियोग दार्ता हुने व्यवस्था पनि सो विधेयकमा थियो । यही विधेयकमाथि मतदान हुनुअघि सत्तारुढ र विपक्षी दलका सांसदबिच झडप भएको थियो ।
बहुमत भएकोले विपक्षी दल केएमटीले संसदमा आफ्ना सांसदहरूलाई बढी शक्ति दिलाउन खोजिरहेको छ । विपक्षी दलका सदस्यहरूले जबरजस्ती यो विधेयक संसदमा पास गराउन खोजेको र यो संविधानको उल्लङ्घन भएको आरोप लाइको पार्टी डीपीपीले लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण