नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित
काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् ।
एनक्लेक्स नेपाल प्रायोजन र नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिवार होटेल याक एन्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले वेस्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् ।
लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । हाइकिङ रुचि भएकी लम्साल सकारात्मक उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन् । विजेता लम्सालले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए ।
मस्ट इन्टेलेक्च्युअलको टाइटल समेत हात पारेकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल समेत प्राप्त गरेकी छन् ।
तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट हात पारेका छन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामास्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने ।
‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।
अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण