टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
लस एञ्जलस । हलिउड स्टार बेन एफ्लेक यतिबेला चर्चामा छन् । बेन एफ्लेक र उनकी सुपरस्टार गायिका पत्नी जेनिफर लोपेजबीच सबै ठिकठाक नभएको हल्ला चलिरहेको छ ।
मिडिया रिपोर्टअनुसार दुवैजना विगत एक महिनादेखि छुट्टाछुट्टै घरमा बस्दै आएका छन् ।
बेन एफ्लेक र जेनिफर लोपेजको जोडी हलिउडको चर्चित जोडी मध्ये एक हो । यो जोडीलाई हलिउडको पावर कपल भनिन्छ ।
बेन एफ्लेक र जेनिफर लोपेजका फ्यानहरूले उनीहरू दुवैलाई मायाले ‘बेनिफर’ भनेर बोलाउँछन् । पछिल्ला केही दिनदेखि बेन एफ्लेक र जेनिफर लोपेज अलग्गिएको हल्ला चलिरहेको छ । गएको वर्ष जोडीले बेभर्ली हिल्समा ६ करोड डलर तिरेर एउटा बंगला किनेका थिए । बेन सो बंगला छाडेर ब्रेन्टवूडमा भाडाको घरमा बस्न थालेको खबरहरू आइरहेका छन् ।
हालै बेन एफ्लेक पहिलो पटक विवाहको औंठी बिना देखिएका थिए । सामाजिक सञ्जालमा बेन एफ्लेकको औंठी बिनाको तस्विर भाइरल भइरहेका छन् । धेरै फ्यानहरूले बेन एफ्लेक र जेनिफर लोपेजको विवाह ट्टन लागेको अनुमान गरिरहेका छन् । तर, अहिलेसम्म यस सम्बन्धमा बेन एफ्लेक वा जेनिफर लोपेजबाट कुनै आधिकारिक बयान आएको छैन ।
गन गर्ल स्टार बेन एफ्लेक र जेनिफर लोपेज प्रायः सँगै देखिन्छन् । यी सबै अफवाहबीच गएको शुक्रबार बेन एफ्लेक र जेनिफर लोपेज एक कार्यक्रममा सँगै देखिएका थिए पछिल्लो २४ घण्टामा त्यस्तो के भयो र बेनले बिहेको औठी नै फुकाले भन्ने खुल्दुली फ्यानहरूको मनमा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण