भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना सङ्क्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।
कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमित मध्ये तीन लाख २७ हजार २८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी