गोंगबुमा सुटकेशमा शव, जेब्रा झोलामा टाउको भेटियो (अपडेट)
आइतबार, २५ साउन २०७७, ०९ : ५०
काठमाडौं – गोंगवु गणेशस्थानमा हत्या गरेको शव सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
शव फेला परेको स्थाभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने ।
टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् ।
गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण