कोरोनाका कारण कराँतेको ओलम्पिक तयारी स्थगित
बुधबार, २८ साउन २०७७, ०७ : २३
जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।
कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको बताएका छन् । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ