रौतहटमा थप २४ जनामा कोरोना संक्रमण, अस्पताल भरिए
रौतहट । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् । जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए ।
आईसोलेसन निर्माणमा केहि समय लाग्ने भएकाले संक्रमितलाई त्यसबेलासम्म सुरक्षित रुपमा होम आईसोलेसनमा बस्न डाक्टर साहले अनुरोध गरेका छन् । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण