नवराजको चिठी
–रमेशकुमार दर्जी
साथी ! तिमी बाँचेको संसार
तिम्रो पनि बनेको छ र ?
भाँचिएको खुट्टो काम्राले बाँधेर
तिम्रा बाले खनेको सोतीको पँधेरामा
तिम्री दिदीले एक अम्खोरा पानी भरेकी छिन् र ?
बरु तिमी, म र हामी मिलेर
बनाएको बाटोमा
काजी, जिम्वालका मोटर हुइँकिन्छन्
वर्षौंदेखि तिम्री काकी र आमाले
खनेको तिम्रा घरको तल्लो कान्लो
बेचे पोहोर मुखियाले
तिम्रा काकाले कुँदेको मूर्तिको
दर्शन गर्न जाँदा लखेट्छन्
गेरु धारी पराया पुजारीले
तिम्रा दाजुले जीवन दिई ल्याएको लोकतन्त्र
तिम्रो पनि भएको छ र ?
त्यो त कायरले जसरी
नवराजले भेरीमा हामफाल्यो भन्ने
भूपू लालहरुको हो
राजनीति तिम्रो होइन
त्यो त दलालहरुको हो
प्रशासन तिम्रो होइन
त्यो त भ्रष्टहरुको हो
आत्मसम्मान तिमीलाई छैन
त्यो त विष्टहरुको हो
तिम्रा भाइले प्रेम गरे
मेरै नियति हुने हो
तिम्री हजुरआमाले जिउन चाहे
फेरि पनि कल्ली कुमारी बन्ने हो ।
त्यसैले साथी ! तिमी पढ र अझै पढ
सीप सिक, शिल्पी बन र अझै सर्जक बन
तिम्रो राष्ट्रभक्तिको सीमा अझै बढोस्
तिम्रो इमान अझै उच्च होस्
त्योभन्दा पनि अर्कै कुरा साथी
तिमी सङ्घर्षको सिपाही बन
विद्रोहको मसाल बन
तिमीले एक पटक फेरि
आगो ओकल्नु पर्छ
दुष्टहरुको अहंकार बहने रक्त सञ्चार रोक्नु छ
ताकि राजनीति र प्रशासन तिम्रो पनि होस्
मेरो त बनेन
यो संसार तिम्रो पनि बनोस्
उही तिम्रो नवराज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण