खरिपाटी क्वारेन्टाइनलाई ५०० श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन
भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन् । सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २०० श्ययाको आइसोलेसन बनाएपछि आज मन्त्री दुलालले अनुगमन गरेका हुन् ।
सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराएकी थिइन् । त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको अनुगमन गरे ।
अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा.गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेसन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराइन् । खरिपाटीस्थित आइसोलेसनमा आज १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनले जानकारी दिइन् ।
मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेसनलाई २०० बाट बढाएर ५०० श्यया पुर्याउन निर्देशन दिए । उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उनले भक्तपुर अस्पतालमा थप दुईवटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताए ।
तत्कालका लागि आइसीयू सञ्चालनका लागि शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसमेत टोलीले आइसीयू सञ्चालन भएको जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण