देशभर ७४३ जनामा संक्रमण पुष्टि
बितेको २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको कुल संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।
१० हजार २ सय ३४ परीक्षणमा
पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ परीक्षण भएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ हजार २ सय २९, प्रदेश नम्बर २ मा १ हजार ७ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ७३ र गण्डकी प्रदेशमा ३ सय ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८४, कर्णाली प्रदेशमा ३ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ गरी देशभरीका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६३, प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा ४ सय ३५ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ९८, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा २६ गरी देशभरी ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

