गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताएका छन् ।
सो पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो संस्कृतिमा स्थानअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम नै गौरा पर्व हो भनेका छन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ । विविधताबीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु” सन्देशमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा जीवनरक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी