शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

बिहीबार, ११ भदौ २०७७, ०४ : ४५
बिहीबार, ११ भदौ २०७७


जिस्क्याएझैँ लाग्छ मलाई जूनले, आजभोलि
व्याकुल पार्छ किन होला धुनले, आजभोलि

मानवता हराएर स्वार्थ हाबी भयो
चिनिँदैन मान्छे पनि गुनले,आजभोलि

शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु
पाएको छ महत्त्व त सुनले, आजभोलि

बाडुली पो सम्झनाको चिनो भएको छ
ढुकढुकी पठाउँदैनन् उनले,आजभोलि

फुललाई बिम्ब भनौँ या दियोलाई प्रतीक
अर्थ देला कवितामा कुनले, आजभोलि

तादोङ गान्तोक
पुर्ब सिक्किम 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप