तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट नयाँ फिल्ममा एक एयरफोर्स पाइलटको दमदार भूमिकामा देखिदैंछिन् । तेजसमा यी अभिनेत्रीले एक भारतीय फाइनटर प्लेन चालकको भूमिका निर्वाह गर्दैछिन् । यस फिल्मको फस्र्ट लुक बाहिर आइसकेको छ, जहाँ कंगनालाई एयरक्राफ्ट अगाडि खडा अवस्थामा देखिन्छ । कंगना रनोटको टिमले फिल्मको आधिकारिक घोषणा पनि गरिसकेको छ ।
इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखिएको छ, ‘तेजस डिसेम्बरबाट सुरु हुँदैछ । यस प्राणपोषक कहानीको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ, यो युनिफर्म लगाएका त्यस्ता पूरुष र महिलाको कथा हो, जसले हर दिन ड्युटीका दौरान त्याग गर्छन् । हाम्रो फिल्म आर्म फोर्स र त्यसका नायकहरुका लागि हो ।’
डिसेम्बरबाट सुटिङ
फस्टलुकमा कंगना एयरफोर्स पाइलटको पोशाकमा देखिन्छिन् । उनको पछाडि फाइटर प्लेन छ, जसमा तेजस लेखिएको छ । तेजस भारतले विकास गर्न गइरहेको एउटा जेट लडाकू विमान हो । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । यस कथालाई सर्वेश मावराले लेखेका हुन् । सर्वेसले नै फिल्मको निर्देशन गर्नेछन् । यसलाई आरएसवीपी मूभिजले निर्माण गर्नेछ । आरएसवीपीको ब्यानरमुनी उरी लगायत चर्चित फिल्म बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण