शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्सद्वारा भर्चुअल प्रशिक्षणको आयोजना

शुक्रबार, १२ भदौ २०७७, १८ : ३३
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले भर्चुअल प्रशिक्षणका आयोजना गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभड(१९) को असर र काठमाडौं उपत्यकालगायत देशको मुख्यमुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप