राजधानीको खुलामञ्चमा यसरी खुवाइन्छ खाना (तस्बिरहरु)
आइतबार, १४ भदौ २०७७, १८ : ४०
काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी भएपछि थप समस्यामा परेकाहरुलाई राजधानीको खुलामञ्चमा खाना खुवाउन थालिएको छ ।
खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा आइतबार अपरान्ह रातोपाटी पुग्दा खाना खान भेला भएकाहरु करिब ३–४ सयको हाराहारीमा देखिन्थे भने खाना खान आउनेहरुलाई खाना वितरण गर्न स्वयम् सेवकहरु व्यस्त देखिन्थे । जहाँ दैनिक अपरान्ह ४ बजेदेखि समस्यामा परेकाहरुलाई खाना खुवाउने गरिएको छ ।
खानेकुराको अभावमा छाक टार्न समस्यामा परेकालाई हन्ड्रेड ग्रुपलगायतले यसरी खाना खुवाइरहेको हो। हुन त संस्थाले गत चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ । सुरुमा पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा खाना खुवाइएकोमा पछिल्लो समय खुवामञ्च क्षेत्रमा खाना खुवाउन थालिएको हो ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण