भारतीय दूतावासले फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपालस्थित भारतीय दूतावास र बीपी कोइराला नेपाल–भारत फाउडेशनले फोटोग्राफी प्रतियोगिता गराउने भएको छ । ‘मैत्रीमार्फत मेरो लेन्स’ नाम दिएको सो प्रतियोगितामा नेपाली नागरिकले मात्र भाग लिन पाउने दूतावासले जनाएको छ । नेपाल भारतबीच रहेको सदियौंको सम्बन्धलाई अझ मजबुत बनाउन यो प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।
नेपाल र भारतबीच सामाजिक एवं साँस्कृतिक सम्बन्ध रहेको त्यो अनुपम सम्बन्धलाई कदर गर्दै ‘मैत्रीमार्फत मेरो लेन्स’ फोटोग्राफी प्रतियोगिताको घोषणा गर्न लागिएको हो । यो प्रतियोगिताबाट फोटोग्राफी भाषाको माध्यमले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।
प्रतियोगीले दुई देश बीचको सम्बन्धलाई झल्काउने कला संस्कृति, वस्तुकला, नृत्य, शिक्षा, धर्म, चाडपर्वलगायत दुई देशको साझा सामाजिक आर्थिक विकासलगायतका विषयवस्तु तस्विर अर्थात प्रत्येक तस्विर भारत–नेपाल मैत्रीको प्रतिनिधित्व गरेको हुनुपर्ने दूतावासले जनाएको छ ।
यस प्रतियोगितामा भाग लिनका लागि कुनै शुल्क लाग्ने छैन । फोटो बनाउन लाग्ने खर्च प्रतियोगी स्वयंले व्यहोर्नु पर्नेछ र त्यसमा लागेको खर्च दूतावासले व्यहोर्ने छैन । प्रतियोगितका लागि प्रस्तुत गर्ने फोटोहरुको प्रतिलिपी अधिकार प्रतियोगिसँग सुरक्षित रहनेछ ।
प्रतियोगीले आ–आफ्नो तस्विर सेप्टेम्बर ३१ सम्म दूतावासलाई पठाउन सकिनेछ । छनौटमा परेका प्रतियोगितलाई प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार १५ हजार र सन्त्वना पुरस्कार ५ जनालाई ६ हजारको दरले पुरस्कार प्रदान गरिने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण