रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
सारांश
- भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई इलेक्ट्रिक भेहिकलको जाँचपासमा चलखेल गरी कर छलीको आरोपमा विभागमा तानेको छ।
- जिम्मेवारीमुक्त गरिएका ६ कर्मचारीहरूमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, भन्सार अधिकृत ठाकुर गौतम, भन्सार अधिकृतद्वय खड्गबहादुर माझी र प्रकाश पुडासैनी तथा नायव सुब्बा तेजबहादुर बल रहेका छन्।
- भन्सार विभागले रसुवा भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहितको टोलीलाई फिर्ता बोलाएर नयाँ भन्सार प्रमुखको जिम्मेवारी राजेन्द्र ढुङ्गानालाई दिएको छ।
काठमाडौँ । भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई विभागमा तानेको छ। इलेक्ट्रिक भेहिकलको जाँचपासमा चलखेल गरी कर छलीको आरोपमा उनीहरूलाई केन्द्रमा तानिएको हो ।
उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ । विभागले रसुवा भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहितको टोलीलाई फिर्ता बोलाएर नयाँ भन्सार प्रमुखको जिम्मेवारी राजेन्द्र ढुङ्गानालाई दिएको छ।
विभागको निर्णयअनुसार रसुवा भन्सारबाट जिम्मेवारीमुक्त भएर तानिने कर्मचारीहरूमा कार्यालय प्रमुखदेखि नायब सुब्बासम्म रहेका छन्।
जिम्मेवारीमुक्त गरिएका ६ कर्मचारीहरूमा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई तथा भन्सार अधिकृत ठाकुर गौतम, भन्सार अधिकृतद्वय खड्गबहादुर माझी र प्रकाश पुडासैनी तथा नायव सुब्बा तेजबहादुर बल रहेका छन्।
विभागले रसुवा भन्सार रिक्त भन्सार प्रमुखका रूपमा राजेन्द्र ढुङ्गानालाई खटाएको छ । नवनियुक्त भन्सार प्रमुख ढुङ्गानाले अब रसुवा भन्सार कार्यालयको समग्र नेतृत्व तथा कार्यसम्पादन सम्हाल्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण