हतियार मुद्दाका प्रतिबादी ६ बर्षपछि पक्राउ
किरण श्रेष्ठ
तनहुँ । हतियार मुद्दाका प्रतिबादी ६ बर्ष पछि पक्राउ परेका छन् ।
हतियारको कारोबारमा संलग्न रहेका सर्लाही जिल्लाको हरिवन–२ घरभई हाल कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० पावर हाउस बस्ने वर्ष ३५ का बिशाल भन्ने आइत सिंह भोलानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
घट्ना पश्चात फरार सिंह रहेकोमा प्रहरीको सूचिमा रहि खोजतलास गर्दै जाने क्रममा बु्धवार इलाका प्रहरी कार्यालय बेलचौतराको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।
निज आइत सिंह भोलानलाई शुक्लागण्डकी नगरपालिका वडा नं २ नर्सरी भन्ने स्थानमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरी बुधवारै हतियार मुद्दामा कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गर्दा निज पुर्पक्षको लागि थुनामा गएको तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए ।
तनहुँको साविक दुलेगौडा गाविस वडा नं ३ हाल शुक्लागण्डकी नगरपालिका वडा नं २ चुहुनेमुढा निवासी रविन केसी ग ६ प ६२६२ नम्वरको मोटरसाइकलमा सवार केसीको साथबाट म्याग्जिन जडित ९ एमएम इटालियन अटोमेटिक पेस्तोल लाग्ने गोली १ राउण्ड सहित विसं २०६८ साल फागुन २२ गते प्रहरीको चेकजाँचको क्रममा फेला परेको थियो ।
उक्त अवधिमा जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गर्दा निज पुर्पक्षको लागि थुनामा गई फैसला अनुसारको ६० हजार रुपैयाँ जरिवाना रकम दाखिला गरी छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण