‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
सारांश
- अभियन्ता रक्षा बमले नवनिर्वाचित सांसदहरूलाई '३५ वर्ष' को पुरानो भाष्य त्यागी वर्तमान र भविष्यमा केन्द्रित हुन आग्रह गरेकी छन्।
- उनले नयाँ जनप्रतिनिधिहरूको कार्यकाल सुरु भइसकेको र जनताले उनीहरूको कार्यसम्पादन नजिकबाट नियालिरहेको स्मरण गराएकी छन्।
- बमले राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्दै गर्दा बाचापत्र अनुसार काम गर्न र जनताको अपेक्षा पूरा गर्न जोड दिएकी छन्।
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसद (माननीय) हरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किएर काममा केन्द्रित हुन आग्रह गरेकी छन् । बुधबार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले नयाँ जनप्रतिनिधिहरूको पनि अब कार्यकालको गन्ती सुरु भइसकेको स्मरण गराएकी हुन् ।
अभियन्ता बमले नयाँ माननीयहरूलाई विगतको आलोचना मात्र गरेर नबस्न र वर्तमान तथा भविष्यको जिम्मेवारी सम्हाल्न सचेत गराएकी छन् । उनले लेखेकी छन्, ‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईँहरूको पनि गन्ती सुरु भइसकेको छ ।’
उनले देश र विदेशमा रहेका नेपाली नागरिकहरूले नयाँ नेतृत्वबाट ठुलो अपेक्षा राख्दै उनीहरूको कार्यसम्पादनलाई नजिकबाट नियालिरहेको उल्लेख गरेकी छन् । उनका अनुसार घरबारविहीन सुकुम्बासी, भूमिहीन नागरिक, बेरोजगार युवा तथा खाडी मुलुकमा पसिना बगाइरहेका नेपालीहरूले नयाँ जनप्रतिनिधिहरूको दिन गनिरहेका छन् ।
राज्य सञ्चालन र नीति निर्माणको बागडोर (डाडुपन्यु) अब नयाँ माननीयहरूकै हातमा आइपुगेको भन्दै बमले अर्को निर्वाचनसम्म उनीहरूको पनि पाँच वर्ष पूरा भइसक्ने तर्फ ध्यानाकर्षण गराएकी छन् । उनले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुन जोड दिँदै थपेकी छन्, ‘तपाईँहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन्, र हिसाब पनि राखिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण