शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तुुर्केमिनिस्तानका राष्ट्रपतिको अनेकौँ स्टन्ट

बुधबार, २४ भदौ २०७७, १२ : ०४
बुधबार, २४ भदौ २०७७

तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् ।

यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस बन्दूूकबाट उनले केही टाढा रहेको पिरामिड आकारको तेलको ड्रमलाई पड्काएको देख्न सकिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु राष्ट्रपतिको बन्दूक चलाउने क्षमताबाट प्रभावित भएजस्तो लाग्दैन । उनीहरुले अनेक ट्रोल गरिरहेका छन् ।

सुरक्षाकर्मीहरुका लागि ल्याइएका हतियार प्रदर्शन गर्ने क्रममा उनले आफै बन्दूक चलाएका हुन् । उनी अनौठा खाले स्टन्ट गर्न रुचाउँछन् । कहिले आफै -याप हान्छन्, कहिले घाडाचढी गर्छन्, कहिले कार रेसमा भाग लिन्छन् । ६३ वर्षीय गुरवानगुली २००६ देखि निरन्तर तुर्केमिनिस्तानको राष्ट्रपति छन् । उनी २००६ देखि २०१३ सम्म सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रमुख पनि थिए । राष्ट्रपति बन्नुुअघि उनी २००१ देखि २००६ सम्म उपराष्ट्रपति थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप